हाम्रो बारेमा

पर्यटन तथा उद्योग मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सवै ११(एघार) जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना सम्वन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन -२०८२  गण्डकी मन्त्रिपरिषद् बाट  स्वीकृत भए वमोजिम तत्कालिन उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय एकीकृत भई स्याङ्जा जिल्लामा  एकीकृत सेवा कार्यालय सञ्चालनमा आएको छ ।

नेपालले संघीय शासन प्रणालीको अवलम्बन गरे पश्‍चात् राजनीतिकसँगै प्रशासनिक संरचनामा समेत परिवर्तन भएको छ । प्रशासनिक संरचना पनि संघ, प्रदेश र स्थानीय गरी तीन तहमा रुपान्तरण भएको छ । सोही अनुरुप कर्मचारी समायोजनको प्रक्रिया समेत टुंगो लागिसकेको छ । तीनै तहले  नेपालको संविधानमा व्यवस्था भए बमोजिम राज्यशक्तिको प्रयोग मार्फत नेपाली जनताको दिगो शान्ति,सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गर्न समयानुकूल प्रशासनिक संरचनाको स्थापना,विस्तार,परिमार्जन तथा सञ्चालन गर्ने  क्रम जारी नै रहेको छ ।  संघीय प्रणालीलाई थप सबल बनाउन स्थापना गरिएको यस कार्यालयबाट उद्योग क्षेत्रको विकास र विस्तारका कार्यहरु, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन तथा  सामाजिक विकास तर्फ मूलभूत जिम्मेवारी साविकमा महिला तथा बालबालिका कार्यालय मार्फत हुने (जेष्ठ नागरिक, अपाङगताको क्षेत्रमा क्षमता विकास तथा सहायता ,महिला तथा बालबालिका सम्बन्धि) कार्यहहरु,  शैक्षिक कार्यहरु, जिल्ला भित्रका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्वको पहिचान बोकेका स्थानहरुको संरक्षण तथा मर्मत संभार,सामुदायिक भवन निर्माण,मर्मत संभार, लगायतका कार्यहरु पर्दछन् ।शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सवै ११(एघार) जिल्लामा सामाजिक विकास कार्यालयको स्थापना सम्वन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन -२०७८  गण्डकी मन्त्रिपरिषद् बाट  स्वीकृत भए वमोजिम स्याङ्जा जिल्लामा  मिति २०७८।०५।२८ गते सामाजिक विकास कार्यालय स्थापना भै मिति २०७८।०६।०८ गते बाट ‌औपचारिक रुपमा समुद्घाटन भई सञ्चालनमा आएको हो ।

निराजन शर्मा

कार्यालय प्रमुख ९८५६०६१७२५ sdosyangja@gmail.com

पार्वती कुमारी भट्ट

सूचना अधिकारी ९८५६०६१७२६ sdosyangja@gmail.com

सूचना तथा समाचार

कार्यविधि / मापदण्ड

  • सामाजिक विकास कार्यालयबाट सञ्चालन हुने महिला बालबालिका तथा समाज कल्याण सम्बन्धी कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, 2081

    डाउनलोड
  • बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकिकृत कार्यविधि २०७७

    डाउनलोड
  • गण्डकी प्रदेश सरकार खर्चको मापदण्ड २०७९

    डाउनलोड