बौद्धिक अपाङ्गता, अटिजम, मस्तिष्क पक्षघात तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका अभिभावकले हेरचाह तथा शिक्षण सिकाइ व्यवस्थापनको लागि अनुदान सहयोग सम्बन्धी सूचना।

अनुसूची – ५२
ज्येष्ठ नागरिक आश्रमहरुको सञ्चालन अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावको ढाँचा
अनुसूची -५२ज्येष्ठ नागरिक आश्रमहरू सञ्चालन अनुदान काययक्रम सञ्चालन सम्बन्धी प्रस्तावको ढाँचा
अनुसूची ५०
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना र सञ्चालन गर्न अनुदान प्राप्तिको लागिकार्यक्रम प्रस्तावको ढाँचा
जेष्ठ नागरिक दिवा सेवा केन्द्र र सञ्चालित ज्येष्ठ नागरिक आश्रमहरुलाई सञ्चालन अनुदानको लागि प्रस्ताब आब्हान सम्बन्धी सूचना ।

अनुसुची ०८ (निवेदन फाराम)
प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आह्वान सम्वन्धी सूचना

अन्तराष्ट्रिय युवा दिवस ।
युवाको सोचमा स्याङ्जाको भविष्य, कर्ममा समृद्धिको बाटो!
अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा सम्पन्न ‘युवाको कुरा, युवाको आवाज’ कार्यक्रममा शिक्षा, कृषि, उद्यमशीलता,धार्मिक, खेलकुद, पर्यटन, सामाजिक सेवा तथा आध्यात्मिक क्षेत्रका युवाले आफ्ना अनुभव, संघर्ष, सम्भावना र सपनाहरू साझा गरे। युवाको सिर्जनशीलता, सीप, नवप्रवर्तन र नेतृत्वलाई सही अवसरसँग जोड्न सके स्याङ्जामै सम्भावनाका ढोका खोल्दै समृद्धिको नयाँ अध्याय लेख्न सकिने बताएका छन् ।युवाको आवाज सुनिने मात्र होइन, अब त्यसलाई विकासको दिशामा रूपान्तरण गर्ने समय आएको छ।





एकीकृत सेवा कार्यालय र उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम
एकीकृत सेवा कार्यालय स्याङ्जा र जिल्लामा रहेका उद्योग तथा व्यवसायी संघ संस्थाका नेतृत्वकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग तथा व्यवसायको दर्ता, नविकरण, खारेजी , नामसारी लगायतका विषयमा सरलीकरण गरेर सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई प्रविधिमैत्रीसँगै नागरिक मैत्री बनाउने, उत्पादनलाई गुणस्तरीय बनाउने र बजार अनुगमन सँगै व्यवसायी र उपभोक्तालाई सचेतना अभिवृद्धि गर्ने, समग्र स्याङ्जाको व्यवसायीक क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । गण्डकी प्रदेश सरकारको आर्थिक ऐनले विभिन्न समयमा दर्ता भई हालसम्म नवीकरण नगरेका उद्योग, वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकले २०८४ वैशाख मसान्तसम्म नवीकरण वा खारेजीको लागि निवेदन दिएमा नियमअनुसार लाग्ने शुल्क र दस्तुर बुझाएमा सबै जरीवाना छुट दिएकोमा उहाँहरुले खुसी व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत इश्वर आचार्यले कर शिक्षा बारेमा सहजिकरण गर्नु भएको थियो ।कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष श्री बहादूर गुरुङ, उपभोक्ता हित संरक्षण मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद मरासिनी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम श्रेष्ठ, होटल व्यवसायी संघ स्याङ्जाका महासचिव ओमप्रकाश पौडेल, वालिङ उद्योग वाणिज्य संघका महासचिव विमल अर्याल र कार्यकारी सचिव वावुराम रेग्मी , ब्युटी पार्लर एसोशियसन स्याङ्जा उपाध्यक्ष माया गोरखाली, महिला उद्यमी संघ स्याङ्जाका अध्यक्ष चन्द्रकला राना, लगायतले बोल्नुभएको थियो । उहाँहरुले राज्यले व्यवसायी मैत्री वातावरण बनाउदै जानु पर्ने र निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।


